हिमालयन र एभरेष्ट इन्स्योरेन्सले शुरू गरे एकीकृत कारोबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले एकीकृत कारोबार थालेका छन् । दुवैले आइतबारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका नामबाट संयुक्त कारोबार सुरु गरेका हुन् ।

एकीकृत कारोबारको बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले शुभारम्भ गर्दै वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्न सफल मर्जरका लागि गौरव महसुस गरेको बताए ।

आफू बीमाको विज्ञ नभएको तर समितिको अध्यक्ष बन्दै गर्दा बीमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढी हुने गरेको भन्दै उनले मर्जर र पुँजी वृद्धिमार्फत सबल र दायरा विस्तार गर्न लागि परेको बताए ।

footwear zone

त्यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जरमार्फत सूचीकृत संस्था बलियो बन्दा बजार विकासमा थप योगदान पुग्ने धारणा व्यक्त गरे । दुवै कम्पनीले वैशाख २३ गते एभरेष्टको एक सय कित्ता बराबर हिमालयन जनरलको ८५ अर्थात १ः०.८५ को स्वाप रेसियो कायम गर्दै मर्जरका लागि तयार भएका थिए ।

You might also like

Comments are closed.