नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नया एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

साउन १ गते आइतबार नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेटियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो ।

नेपालभर २१९ शाखाहरु, १८२ ए.टि.एम. साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याईरहेको बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

footwear zone

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

You might also like

Comments are closed.