टाटा विङ्गर BS 6 अब नेपाली बजारमा

काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नयाँ टाटा विङ्गर BS 6 नेपाली बजारमा सार्वजनिक गरेको छ ।
“प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ ।

“विङ्गर BS 6 नयाँ युगका त्यस्ता सू–सुचित ग्राहकहरु तर्फ लक्षित छ जो आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार/व्यवसायको उन्नति गर्न चाहन्छन्,” कम्पनी स्रोतले बताउँछ ।

२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर BS 6 को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ ।

footwear zone

“टाटाका विविध एवं बलिया कमर्शिएल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहनु भएको छ । कम भन्दा कम खर्चमा आफ्नो व्यापार÷व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ । सिप्रदी ट्रेडिङले दशकौ देखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ र टाटा विङ्गरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौं,” टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोता बताउछन् ।

“उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ ।”

त्यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणा भने, “नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा हामीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौं । टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशकदेखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौ ।”

“यसै सन्दर्भमा हामीले अहिले बिक्री वितरण आरम्भ गरेको विङ्गर BS 6 विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनु साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल छ । यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने हामीले अपेक्षा गरेका छौ ।”

सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन् ।

विङ्गर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरु तर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलीभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गर्दछ ।

You might also like

Comments are closed.