घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । सोमबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार भने तोलामा २ सय रुपैयाँले घटेको छ ।

तोलामा २ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार छापावाला सुनको तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेको । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६०रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.