वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्बले बढ्यो

कर्जा लगानी पनि ४ खर्ब ५४ अर्बले बढेर ४१ खर्ब ७५ अर्ब पुग्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज प्रकाशित गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको हो।

योसँगै असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो।

आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ। जेठ मसान्तसम्म कुल निक्षेप ४४ खर्ब रुपैयाँ रहेकोमा असार मसान्तसम्म बढेर ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो।

footwear zone

त्यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ खर्ब ५४ अर्बले बढेको छ । योसँगै कूल कर्जा लगानी बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ । आव २०७७र७८ को असार मसान्तसम्म कूल कर्जा लगानी ३७ खर्ब २१ अर्ब रहेको थियो ।

You might also like

Comments are closed.