तारा कुँवरले सञ्चालनमा ल्याए ‘हजुरलाई नमस्ते कन्स्ट्रक्सन मार्ट’

काठमाडौं । व्यवसायी ताराबहादुर कुँवरले हजुरलाई नमस्ते कन्स्ट्रक्सन मार्ट सञ्चालनमा ल्याएका छन् । काठमाडौंको बाफलस्थित रिङरोडमा उनले मार्ट स्थापना गरेका हुन् । मार्टको औपचारिक उद्घाटन छिट्टै हुने कुँवरले जानकारी दिए ।

हजुरलाई नमस्ते ट्रेड लिंक अन्तर्गत सञ्चालित मार्टमा कन्स्ट्रक्सनसँग सम्बन्धित प्राय सबै सामान उपलब्ध रहेको कुँवरले बताए । टायर, लुब्रिकेन्ट्स, स्पेयर पार्टस्, ब्रेकर, फिल्टर, नट बोल्ट, बकेट, चेन लिंक, रोलर, आइडलर लगायतका सामान मार्टमा उपलब्ध हुने कुँवरले जानकारी दिए ।

‘लुब्रिकेन्ट्स अन्तर्गत ग्रिच इन्जिन आयल, विभिन्न ग्रेडका हाइड्रोलिक आयल तथा अन्य इन्डष्ट्रियल्सलाई आवश्यक पर्ने विभिन्न आयलहरु उपलब्ध छन्,’ उनले भने । एटिएफ ब्राण्डको टायरहरु, आइटिआर ब्राण्डको लुब्रिकेन्ट्स तथा गियर आयलहरु मार्टमा प्राप्त हुनेछ ।

footwear zone

त्यस्तै ब्रेकरमा दक्षिण कोरियामा बनेको जिल्सिना कम्पनीको युएसबी बागछाप ब्राण्ड उपलब्ध छ । ५ टनदेखि ४० टनसम्मको मेनिमा फिट हुने ब्रेकर उपलब्ध रहेको कुँवरले बताए । ब्याक्होलोडरमा फिट हुने ब्रेकर पनि उपलब्ध छन् । १० देखि १५ टनसम्म, १८ देखि २६ टनसम्म, २६ देखि ३२ टनसम्म फिटहुने ब्रेकर स्पेयर्स पार्टससहित उपलब्ध छन् ।

दुर्घटनाका लागि आवश्यक चेनपुली लगायत उपकरणहरु, मेसिनरीमा आवश्यक रेन्चु तथा टुल्सहरु, कन्ट्रक्सनलाई आवश्यक जेनेरेटरहरु एवं कन्ट्रक्सन सम्बन्धी मेसिनरी उपकरणहरु मार्टमा सुपथ मूल्यमा उपलब्ध रहेको कुँवरले जानकारी दिए ।

यसैबीच, नमस्ते ट्रेड लिंक प्रालिले हालै नेपाली बजारमा एटिआर ब्राण्डमा एग्रिकल्चर र इन्डष्ट्रियल टायर उपलब्ध गराएको छ । कम्पनीले छिट्टै बस, ट्रक, टिपर, कार र जिपको लागि पनि टायर नेपाली बजारमा उपलब्ध गराउने कुँवरले जानकारी दिए । यी टायरहरु पनि मार्टमा उपलब्ध छन् ।

‘निर्माणसँग सम्बन्धित सम्पूर्ण सामानहरु एकै ठाउँमा उपलब्ध भएपछि सेवाग्राहीलाई विभिन्न ठाउँ डुल्नुपर्ने बाध्यता अन्त्य हुने हामीले विश्वास लिएका छौं,’ कुँवरले भने, ‘हाम्रा ग्राहकको सेवा नै हाम्रो प्राथमिकता हो ।’

You might also like

Comments are closed.