अल्फा केयर र ज्योति लाइफबीच छुट सम्झौता

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बुद्धनगरमा रहेको अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टर र ज्योति लाइफ इन्स्योरेन्सबीच छुट सम्झौता भएको छ ।

सम्झौताअनुसार ज्योति लाइफमा बीमा गरेका बीमितले अल्फा केयरमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट पाउने छन् । बुधबार भएको सम्झौता पत्रमा अल्फा केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुली र ज्योति लाइफका जोखिमांकन विभाग प्रमुख (Head underwriting)राजिव गौरवाचार्यले हस्ताक्षर गरेका छन् ।

अल्फा केयर ए ग्रेडको ल्याब हो । अल्फा केयरमा हरेक दिन साँझ ओपिडी सेवा पनि प्रदान हुँदै आइरहेको छ । ‘स्वास्थ्य परीक्षणका लागि अल्फा केयरमा प्रतिष्ठित चिकित्सकहरुको आबद्धता छ,’ पराजुलीले भनिन् ।

footwear zone

ल्याबमा सम्पूर्ण प्रकारका रक्त परीक्षण सेवा उपलब्ध रहेको उनले जानकारी दिइन् । ‘सामान्यदेखि जटिल प्रकारका सम्पूर्ण परीक्षण सेवा हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.