नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा भूषण गुरागाईले हस्ताक्षर गरेका हुन् ।

सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अंकित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको सेयर कोषले प्रत्याभूति गर्नेछ ।

You might also like

Comments are closed.