काठमाडौं । प्रभु बैंक लिमिटेडको २१६औं शाखा तनहुँको बरादिमा शुरु भएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा शाखा सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमा प्रमुख अतिथि शान्ति शेरचनले बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप यो शाखा सञ्चालनमा ल्याइएको बताइन्।

बैंकको बरादि शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकले जनाएको छ। साथै सर्वसाधारणमा बैंकिङ बानीको विकास भइ उक्त क्षेत्रको समग्र आर्थिक उन्नतीमा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।




Comments are closed.