नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता 

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. बिच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच नेपाल बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र नेपाल रेमिट इन्टरनेसनलको तर्फबाट अध्यक्ष रितेश मित्तलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. मार्फत आएको रेमिट्यान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौता मार्फत देश तथा विदेशमा रहेका ग्राहकले सहज र सूलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्ने छन् ।

नेपाल बैंक लिमिटेडले रेमिट्यान्स क्षेत्रमा आफनो छु्ट्टै पहिचान बनाउदै बिगत ८५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । नेपालभर २१९ शाखाहरु, ४७ल एक्स्टेन्सन काउन्टर, २६० भन्दा बढि रेमिट्यान्स भूक्तानी गर्ने सव एजेन्ट, ५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सूरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, उच्च ब्याजदर प्राप्त हूने मिट्यान्स बचत खाता एवं मूद्दति खातामा रकम जम्मा सकिने जस्ता सूविधाहरु प्रदान गर्दै आइरहेको छ ।

footwear zone

बैंकले छिटोछरितो र गूणस्तरीय ग्राहक सेवामा जोड दिई यूवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधूनिक प्रविधीको समूचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको बैंकले जनाएको छ । ।

You might also like

Comments are closed.