घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । बुधबार बढेको सुनचाँदीको मूल्य बिहीबार भने घटेको छ ।

बिहीबार छापावाला सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।तोलामा १ हजार रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाला सुनको तोलाको ९४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

बुधबार तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।

तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार १ सय ५५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.