काठमाडौं । नेपालमा टाटा अटोकम्प GY ब्यट्रिज प्रा.लिको टाटा ग्रीन ब्याट्रिज लन्च गरिएको छ । कम्पनीको हेड अफिस ज्योति भवनमा बिहीबार एक कार्यक्रममा बीच उक्त ब्याट्रिजको लन्च गरिएको हो ।
साथै कम्पनीले नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा।ली, (एसटिसि)लाई होण्डा मोटरसाइकल तथा स्कुटर (HIPP), होण्डा पावर प्रोडक्टस् (HIPP) होण्डा मोटर्स(automotive)को निम्ति टाटा ग्रीन ब्याट्रिजका लागि आधिकारिक ओईएम वितरको रुपमा नियुक्त गरेको छ ।
कार्यक्रममा बोल्दै टाटा ग्रीन ब्याट्रिजका सिइओ रवि गुप्ताले भने, “टाटा ग्रीन ब्याट्रि टु व्हीलर्स ब्याट्रिज भारतमा रहेका ठूल्ला उत्पादक हरुमध्ये एकमा पर्छ, जसले प्रमुख OEMS मा आपूर्ति गर्दछ । जस्तै होण्डा मोटरसाईकल र स्कुटर इन्डिया, टिभिएस, यामाहा, जाभा, सुजुकी र प्यागो । भारतमा भएको सफलतालाई नेपालमा पनि ख्याति प्राप्त कम्पनी एसटिसिसँग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि बिस्तार गर्न चाहान्छौ र यो विश्वास पनि राख्दछौं कि यो सम्वन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै साहायता दिने छ ।”


त्यस्तै, २w ब्याट्रिज सप्लाएरको क्षेत्रमा भारत स्थित टाटा अटोकम्प एक प्रमुख कम्पनी हो । टाटा अटोकम्पसँग सहकार्यबाट हाम्रो देशभर रहेका १५० डिलरहरु मार्फत हाम्रा ग्राहकहरु समक्ष उक्त कम्पनीबाट उत्पादित टाटा ग्रीन ब्याट्रिज सप्लाई गरी ग्राहकलाई नयाँ सेवा पुर्याउन सकिने दृढ एसटिसी का अध्यक्ष सौरभ ज्यातिले प्रकट गरे ।
त्यस्तै एसटिसि कम्पनीका स्पेयर पार्ट्स जनरल मेनेजर मुकन्द श्रेष्ठले ब्याट्रिजको बिक्रि पश्चातको सेवामा बिशेष जोड दिदै बिभिन्न स्कीमहरु छिट्टै लागु गरिदै जाने बताए ।एसटिसी ज्योति ग्रुपसँग सम्वन्धीत ५५ बर्षदेखि नेपालमा होण्डा टु व्हीलर्स, फोर व्हीलर्स, जेनसेट, पावर प्रोडक्टस्र अन्य प्रोडक्ट्स एक मात्र वितरको रुपमा काम गरिरहेको छ ।




Comments are closed.