लेभ्लिंगको २५औ शोरुम जनकपुरमा

जनकपुर । लेभ्लिंग इलेक्ट्रिक स्कूटरको २५औं शोरुम जनकपुरमा उद्घाटन भएको छ । शोरुमको बिहीबार मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह, जनकपुर उपमहानगरका मेयर मनोज साह र बज्र ग्रुपका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरदले उद्घाटन गरे ।

नेपाली व्यावसायिक घरानामा ३० वर्षदेखि परिचित ग्रुप बज्र ग्रुप अन्तर्गतको इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिंग स्कूटर लामो समयदेखि बिक्रिबितरण गर्दै आइरहेको छ ।

भर्खर कलेज पढ्दै गरेका विद्यार्थीदेखि युवा साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर कम्पनीले नेपाली बजारमा उपलब्ध गराउदै आइरहेको छ । Lx01, Ls01, Lx–2, Lx–04, lx–05, , lx–05D, lx0–6, lx0–6 Max , Lx0–8 , cycle लगायतका मोडेल बिक्री भइरहेका छन् ।

footwear zone

इ भी मोटर्स अन्तर्गत जनकपुरको लागि आधिकारिक बिक्रेता इन्द्रेणी अटोमोबाइल हो । नेपाल भरि २५ ओटा lvneng ब्राण्डको आधिकारिक बिक्रेताले बिक्री वितरण गरिरहेका छन् । लामो समयदेखि विश्वप्रशिद्ध ब्राण्ड जर्मनको बोसको मोटर टेक्नोलोजीबाट निर्मित लेभ्लिंग ब्राण्डका स्कूटर नेपाली बजारमा धेरैले रुचाउने गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले पेट्रोलको भाउ दिन दिनै आकाश छुने गरि महँगो भएको बेला बिजुली बाइकले जनकपुरबासीलाई धेरै सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै नीति साहले नेपालमा भएको इलेक्ट्रिक स्कुटर मध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकाले ढुक्क संग प्रयोग गर्न सकिने बताइन् ।

कार्यक्रमका सभापति एवं इन्द्रेणी अटोमोबाइलका संचालक रामनाथ साहले जनकपुरलाई इलेक्ट्रिक सहर बनाउन इलेक्ट्रिक स्कुटरले योगदान पुर्याउने बताए ।

You might also like

Comments are closed.