ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा साउन २४ गते हुने

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने भए पछि ज्योति लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा साउन २४ गते बोलाएको छ ।

कम्पनीको साउन ५ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण यही साउन २४ गते  का लागि साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजेबाट वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड, पोखरा-१८ मा हुन गइरहेको छ ।

उक्त सभामा सूर्या लाइफ इन्स्योरेन्ससँग मर्ज हुने एजेन्डा पेश हुँदैछ । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने भए पश्चात मर्जर प्रयोजनका लागि यी कम्पनीहरुको दोस्रो बजारमा कारोबार रोकिएको छ।

footwear zone

त्यस्तै, सभामा कम्पनीको १९प्रतिशत  संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्ने एजेन्डा पनि पेश हुँदैछ । बीमा समितिले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्न निर्देशन दिएपछि दुई जीवन बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएको हो ।यी दुई कम्पनीबीच असार १२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशतकायम रहेको थियो भने रुपान्तरणपश्चात अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशतर सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ ।

मर्ज सम्झौता पत्रमा सूर्या लाइफका अध्यक्ष केशव भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका थिए ।

You might also like

Comments are closed.