देशभर मंगलबारसम्म वर्षाको सम्भावना

काठमाडौं । आगामी मंगलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भनिन्,“यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।”

उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षार्का सम्भावना रहेको छ । हाल लुम्बिनी, गण्डकी र प्रदेश नंका केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ ।

रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावका साथै प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

footwear zone

सोमबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

You might also like

Comments are closed.