लगातार उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार तोलामा १ हजारले बढेको सुनको मूल्य साताको पहिलो दिन आइतबार पनि पुनः बढेको छ ।  । आइतबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।

footwear zone

तोलामा १० रुपैयाँले घटेसँगै आज तोलाको १ हजार १ सय ५५ रुपैयाँमा कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.