काठमाडौं । ओरिजिनल गितहरुको क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो सङ्ग कन्टेस्ट लिएर अर्ना फेरि २०२२ मा उपस्थित भएको छ ।
विगत दुई वर्षदेखि निरन्तररुपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कयौं गायक, संगीतकार तथा गीतकारहरुलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मन्च प्रदान गरेको छ ।
यही श्रावण ८ गते आइतबारदेखि आयोजना हुने अर्ना सङ्ग कन्टेस्टमा भाग लिन इच्छुकले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सकिने छ ।

यस सङ्ग कन्टेस्टमा सहभागी हुनेले आगामी भाद्र १५ गतेभित्र आफ्नो गीत पठाइ सक्नुपर्ने छ । यस कन्टेस्टका बिजयी पुुरस्कार १० लाख तोकिएको छ ।
अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिनेछ ।




Comments are closed.