काठमाडौं । अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ-क्याब नेपाल’को पहिलो सवारी भाडामा ५० प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ ।
यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै र इक्याब एपको प्रयोग बढाउन कम्पनीले यस्तो योजना ल्याएको बताइएको छ ।पहिलो पटक इ-क्याब प्रयोग गर्ने यात्रुले कोड ECAB001 प्रयोग गरी आधार भाडामा ५० प्रतिशत छुट पाउने बताइएको छ ।
ट्याक्सी बुकिङलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन इ-क्याब नेपाल सुरुवात गरिएको कम्पनीले जनाएको छ ।बेलायतमा बस्दै आएका नेपाली युवा उद्यमीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल, सजनी लामा र रबट विश्वकर्माको लगानी तथा पहलमा इ-क्याबको सेवा सुरु भएको हो ।

विश्वस्तरीय सेवा सुविधा तथा आधुनिक प्रविधिको प्रयोगसँगै इ-क्याब नेपालको सेवा सुरु भएको लगानीकर्ताहरुको भनाइ छ ।





Comments are closed.