गरिमा बैंकले गर्‍यो सिराईचुली होटेल र एनपिआई नारायणी सामुदायिक अस्पतालसँग छुट सम्झौता

काठमाडौं । गरिमा विकास वैंकले चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोगगरि बिल भुक्तानी गर्ने ग्राहकले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउन सक्नेछन् । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा १०% छुट प्राप्त गर्नसक्नेछन् ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

footwear zone

 

You might also like

Comments are closed.