काठमाडौं । ट्रेड इम्पाएर प्रालिले एएसी ब्लकमा विशेष छुट उपलब्ध गराएको छ । कम्पनीले साउन महिनाभर लागु हुने गरी ‘मनसुन धमाका’ अफर ल्याएको हो । उक्त अफर अन्तर्गत विशेष छुटमा एएसी ब्लक बिक्री भइरहेको प्रवन्ध निर्देशक कोमल अधिकारीले जानकारी दिए ।
कम्पनीको फ्याक्ट्री मलेखुमा छ । बिपी आँखा हस्पिटलको नजिक मनोहरा प्लानिङ भक्तपुरमा ब्लकको बिक्री शोरुम छ । अफर अन्तर्गत ब्लकमा २० प्रतिशत भन्दा बढी छुट उपलब्ध रहेको उनले जानकारी दिए । एएसी लाइट ब्रिक प्रालिले एएसी ब्लक बिगत ५ वर्षदेखि उत्पादन गर्दै आइरहेको छ ।
एएसी लाइट ब्रिक प्रालिको सिस्टर कम्पनी ट्रेड इम्पाएर हो । कम्पनीमार्फत उत्पादित एएसी ब्लकको बिक्री वितरण ट्रेड इम्पाएरले गर्दै आइरहेको छ । देशभरको बजारमा एएसी ब्लक पुगिरहेको अधिकारीले जानकारी दिए ।

सजिलै लगाउन सकिने, निर्माणमा समयको बचत, वातावरणमैत्री, हल्का तौल भएको, भूकम्प प्रतिरोधात्मक लगायतका विशेषता एएसी ब्लकमा रहेका छन् ।




Comments are closed.