काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी लाई नियुक्ती गरिएको बताउ ।

कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लि का अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
त्यस्तै, कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ जोशीले आफु इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डर हुन पाउदा अत्यन्त खुसी लागेको बताइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सुस्मिता बैद्यले गरेकी थिइन् ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कंडेल, विभागीय प्रमुखहरु, दी हिडेन ट्रेजरका निर्देशकद्वय सुवर्ण क्षेत्री, प्रमोद कंसकार, मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०२२ डा.सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्कालगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।





Comments are closed.