कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ ।
कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा रु १६ करोड ३३ लाख संकलन गर्ने लक्ष्य लिएकामा रु १८ करोड ६३ लाख संकलन भएको भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिए ।
त्यस्तै अन्तःशुल्कबापत् रु एक करोड २७ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ९२ लाख ८५ हजार राजस्व संकलन भएको छ । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा रु ३५ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ३९ लाख संकलन भएको विश्वकर्माले बताए ।

त्यस्तै कार्यालयले आव २०७६/७७ मा रु ४८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु २६ करोड २८ लाख मात्र संकलन गरेको थियो । कोरोना सङ्क्रमणका लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए ।




Comments are closed.