दाउन्नेमा बस पल्टिदा ३१ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

 

काठमाडौं । नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

footwear zone

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

You might also like

Comments are closed.