सुज प्यालेस चाबहिलमा ५०० मा २ जोर चप्पल, १००० मा जुत्ता

काठमाडौं । चाबहिलमा रहेको जुत्ता चप्पलहरुको शोरुम ‘सुज प्यालेस’ले विशेष छुट अफर ल्याएको छ । शोरुम स्थापनाको १०औं वर्षको अवसरमा छुट अफर ल्याइएको सुज प्यालेसले जनाएको छ । नेपाली लोकप्रिय ब्राण्ड रन सुजका ५ सय भन्दा बढी भेराइटीका जुत्ता चप्पल शोरुममा उपलब्ध छन् ।

शोरुममा ५ सयमा दुई जोर चप्पल, १५ सय रुपैयाँको २ जोर जुत्तादेखि ८ हजार रुपैयाँका जुत्तासम्म उपलब्ध छन् । ग्राहकको सुविधालाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्मत छुट उपलब्ध रहेको सञ्चालक लक्ष्मी अधिकारीले जानकारी दिइन् । शोरुममा लेडिज, जेन्स सुज, बेबी सुज, स्कुल, कलेज तथा स्पोर्टस सुज लगायत सबै उमेरका लागि मिल्ने जुत्ता चप्पल उपलब्ध रहेको उनले बताइन् ।

चाबहिल चोकबाट सय मिटर चुच्चेपाटीतर्फ टिफिन होमको अगाडि (शान्ति गोरेटोचोक)मा सुज प्यालेस छ । गुणस्तरीय र धेरै भेराइटीका जुत्ता चप्पलका लागि सुज प्यालेस उक्त क्षेत्रमा लोकप्रिय रहेको अधिकारीले बताइन् ।

footwear zone

गुणस्तरीय कच्चा पदार्थको प्रयोग र फेसन अनुसारको उत्पादनले देशभरको बजारमा रन सुज लोकप्रिय रहेको कम्पनीको दावी छ । ‘गुणस्तर अनुसार सस्तो मूल्यमा नेपाली ब्राण्ड ग्राहकलाई उपलब्ध गराउन सफल छौं,’ न्यौपानेले भने ।

You might also like

Comments are closed.