अल्फा केयरमा सिद्धार्थ बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बुद्धनगरमा रहेको अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टरको सेवामा सिद्धार्थ बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । छुट सम्बन्धी सम्झौता पत्रमा बुधबार दुई पक्षबीच हस्ताक्षर भएकोछ ।

सम्झौता पत्रमा अल्फा केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुली र बैंकका कार्ड हेड रवीन मल्लले हस्ताक्षर गरेका हुन् । अल्फा केयरसँग सम्झौतासँगै सिद्धार्थ बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिइएको छ ।

अल्फा केयर ए ग्रेडको प्रसिद्ध ल्याब हो । अल्फा केयरमा हरेक दिन साँझ ओपिडी सेवा पनि उपलब्ध हुँदै आइरहेको पराजुलीले जानकारी दिइन् ।

footwear zone

स्वास्थ्य परीक्षणका लागि अल्फा केयरमा प्रतिष्ठित चिकित्सकहरुको आबद्धता रहेको उनले बताइन् । ‘ल्याबमा सामान्यदेखि जटिल प्रकारका सम्पूर्ण परीक्षण सेवा उपलब्ध छ,’ उनले भनिन् ।

You might also like

Comments are closed.