पेट्रोनास लुब्रिकेन्ट्सका उत्कृष्ट ६ वटा डिलरलाई सम्मान

काठमाडौं । पेट्रोनास लुब्रिकेन्ट्सका उत्कृष्ट ६ वटा डिलर सम्मानित भएका छन् । गत आर्थिक वर्षको कारोबारका आधारमा उनीहरुले सम्मान प्राप्त गरेका हुन् । नगरकोटमा आयोजित डिलरमिट कार्यक्रमका अवसरमा आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रालिले डिलरहरुलाई सम्मान गरेको हो ।

बागमती क्षेत्रमा प्रशंसा अटो ट्रेड लिंक, इस्टर्नमा प्रकाश अटोमोबाइल बिर्तामोड, सेन्ट्रलमा गुगल अटोपार्टस हेटौंडा, वेष्टर्नमा सत्यम सप्लायर्स चितवनले वेष्ट डिलर अवार्ड प्राप्त गर्न सफल भएका छन् । बेस्ट इमर्जिङ डिलर अवार्ड कुमारी अटो ट्रेड लिंकले प्राप्त गर्दा बेस्ट पेमेन्ट डिलर आर.पि. सप्लायर्स नुवाकोटले प्राप्त गरेको छ ।

डिलरहरुलाई प्रोत्साहन गर्न र उत्कृष्ट कामको कदर गर्दै सम्मान गरिएको प्रालि बिजनेस हेड श्याम पाण्डेले जानकारी दिए । प्रालिले नगरकोटमा ३ दिनसम्म ‘मिसन १००० आवासीय डिलर मिट’ गरेको थियो ।

footwear zone

कार्यक्रममा देशभरबाट ४० वटा डिलरका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रालिका प्रवन्ध निर्देशक डिल्लिराज सुवेदीको अध्यक्षतामा तथा बतास अर्गनाइजेसनका भाइस प्रेसिडेन्ट एवं प्रवन्ध निर्देशक शान्तराज बतासको प्रमुख आतिथ्यतामा, ग्रुप सिएफओ गोपाल दिक्षीत, बनेपा नगरप्रुमख एवं पेट्रोनासका लागि बनेपाको डिलर चैत्यलक्ष्मी इन्टरनेशनल प्रालिका सञ्चालक शान्तिरत्न शाक्य लगायतको उपस्थितिमा कार्यक्रम भएको बिजनेस हेड श्याम पाण्डेले जानकारी दिए ।

सो अवसरमा प्रालिका पेट्रोनास सेल्स हेड अभिशेक अधिकारीले मिसन १००० अभियानका बारेमा सहभागीलाई जानकारी गराएका थिए । यो वर्ष १० लाख लिटर पेट्रोनास लुब्रिकेन्ट बिक्री गर्ने लक्ष्यसहित मिसन १००० को कार्ययोजना प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.