बाढीपहिरो कारण डुम्रे-बेँसीशहर सडक पुनः अवरुद्ध

काठमाडौं । बर्षाका कारण आएको बाढीपहिरोले डुम्रे-बेँसीशहर सडक पुनः अवरुद्ध भएको छ ।

यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ ।

सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरो खसिरहेको छ । गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो ।

footwear zone

सोपश्चात् वैकल्पिक सडकका रूपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिराले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिक रूपमा सडक सञ्चालन हुँदै आएको छ । वैकल्पिक सडकसमेत सोही पहिराले पटक(पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् ।

 

You might also like

Comments are closed.