पछिल्लो समयमा काठमाडौं उपत्यकामा तरकारीको मूल्य सस्तीएको छ । अहिले हरियो तरकारीको सिजन भएर पनि यतिबेला बजारमा हरियो तरकारीको मूल्य सस्तो भएको हो ।
त्यस्तै, कालीमाटी तरकारी तथा फलफूल विकास समितिले पनि आज बजारमा तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ । जस अनुसार आज किवि ६२५ रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, बुलेट खुर्सानी ५६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १०५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, ठूलो गोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेडा ४३ रुपैयाँ ४० पैसा, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी १२५ रुपैयाँ, घिरौला ३० रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ ५० पैसा, चुकुन्दर ७५ रुपैयाँ र झिगूनी ४५ रुपैयाँ मूल्य कायम रहेको छ ।
त्यस्तै, अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाा, मुडेको आलु ५३ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ७० रुपैयाँ, इमली १४५ रुपैयाँ, कागती १६० रुपैयाँ, कन्य च्याउ १८६ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँमूल्य कायम भएको छ ।

त्यस्तैगरी, तितो करेलाको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, झिगूनी ४५ रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, छडी माछा २४० रुपैयाँ, मूंगरी माछा २८० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ११० रुपैयाँ, परवर ५५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी ३३ रुपैयाँ ३३ पैसा, तने बोडी ४५ रुपैयाँ, बन्दा ३० रुपैयाँ, हरियो प्याज २४० रुपैयाँ, ब्रोकाउली २३५ रुपैयाँ, भटमासकोशा ८६ रुपैयाँ ६७ पैसा, भिण्डी ४५ रुपैयाँ मूल्य कायम भएको छ । साथै भेडे खुर्सानी ९२ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, मौसम १९० रुपैयाँ, रायोको साग ६५ रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, लप्सी ८६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको लसुन नेपाली १२६ रुपैयाँ ६७ पैसा, लौका ४५ रुपैयाँ, सजिवन १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, हरियो धनिया १७५ रुपैयाँ र डल्लो फर्सीको मूल्य प्रतिकेजी ६० रुपैयाँ रहेको छ ।
त्यस्तै, अनार प्रतिकेजी ३७५ रुपैयाँ, अम्बा ३१० रुपैयाँ, आँप २१० रुपैयाँ, आभाकाडो ५२५ रुपैयाँ, तरबुजा ६० रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ काय भएको छ ।




Comments are closed.