लुम्बिनी बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता

काठमाडौं ।  लुम्बिनी विकास बैंक लि र एमएडब्लु.अटो कोर्प प्रा.लि.तथा एमएडब्लु. कमर्सियल भेहिकल्स प्रा.लिबीच फोटन र चङ्गन ब्राण्डका ब्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमएडब्लु.अटो कोर्प तथा एम.ए डब्लु.कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विबेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुबिधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन ।लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिदै आएकोे छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन् ।

footwear zone

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

You might also like

Comments are closed.