काठमाडौं । पछिल्लो समयमा मानिसहरुले व्यवसायलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा ध्यान दिदै आइरहेका छन् ।
लगानी कर्ताले आफ्नो व्यवसायलाई अरुभन्दा फरक किसिमले सेवा पर्दान गरि कसरी ग्राहको ध्यान आर्कषक बनाउन सफल भइन्छ भन्दै अनेकौ उपायहरु अपनाउदै आएका छन् ।
त्यस्तै लमजुङको बेँसीसहर नगरपालिका- ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै ग्राहको ध्यान केन्द्रित गरेका छन् ।

जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्ट मा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित बनाउने तर्फ व्यवसायीको ध्यान गएको देखिन्छ । लमजुङ जिल्ला पर्यटक र व्यवसायी हिसाबले राम्रो मानिन्छ ।तस्बिर : जनक श्रेष्ठ/रासस





Comments are closed.