पोखरामा थपियो नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’ (फोटो फिचर)

पोखरा । नेपालको सुन्दर नगरी पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा तथा आसपासका जनता तथा पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा ल्याइएको हो । पर्यटकका लागि पार्क आजबाट खुल्ला भएको छ । ग्राण्ड ओपनिङ असोजमा गर्ने गरी पार्क अनौपचारिक रुपमा सञ्चालनमा आएको मार्केटिङ डाइरेक्ट हिरा केसीले आर्थिक आवाजलाई जानकारी दिए ।

अत्याधुनिक प्रविधिसहित पोखरामा पानीजन्य तथा अन्य मनोरञ्जनात्मक खेल गतिविधिलाई समावेश गरेर पार्क सञ्चालनमा ल्याइएको हो । जहाँ २ दर्जन प्रकारका आकर्षक खेल गतिविधिहरु समावेश भएका छन् । कतिपय खेलहरु नेपालमै पहिलो पटक सुरुवात गरिएको अध्यक्ष कदम केसीले जानकारी दिए । ‘यो फर्नपार्क निकै ठूलो आकारसहित अत्याधुनिक तथा सुविधा सम्पन्न बनेको छ,’ केसीले भने ।

footwear zone

पोखरामा पर्यटकका लागि सुन्दर तथा आकर्षक गन्तव्य थपिएको केसीले बताए । पोखरा महानगरपालिका वडा नं. १७ महतगौँडामा सञ्चालनमा आएको पार्कमा युवा उद्यमीहरुको सामुहिक लगानी छ । अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण गरिएको बताउँदै केसीले पार्कमा पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।

पार्क ६५ रोपनी जग्गामा निर्माण भएको छ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश छन् । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि उपलब्ध छ ।

‘यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्नेगरी संरचना तयार भएका छन्,’ अध्यक्ष केसीले भने, ‘पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ ।’

You might also like

Comments are closed.