काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियोको नयाँ शोरुम ललितपुरको जावलाखेलमा खुल्ने भएको छ । शोरुमको उद्घाटन यही साउन १७ गते हुने बताइएको छ ।
यसअघि मिसियोको शोरुम काठमाडौंको नयाँ बानेश्वर र सिभिल मलमा रहेकोमा अब अर्को शोरुम जाउलाखेलमा खुल्न लागेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा मिसियो ब्राण्डका कपडा खरिद गर्दा ५० प्रतिशत छुटको दिने सञ्चालक रज्जु रञ्जितकारले जानकारी दिइन् ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै मिसियोले समय-समयमा विभिन्न अफरहरु ल्याउँदै आइरहेको छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ ।

शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । नयाँ शोरूममा पनि मिसियो ब्रान्डको कपडा खरिदका लागि ग्राहकको आकर्षण देखिने कम्पनीले विश्वास लिएको छ ।





Comments are closed.