ओप्पोको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपाली बजारमा

काठमाडौं । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको । यो २डी अल्ट्रा स्लिम बडी डिजाइन र उच्च सुरक्षा मापदण्डहरुसहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमा भन्दा धेरै छन् ।

“हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ हामी सबै जीवनको आनन्द लिन चाहन्छौँ,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने, ‘हाम्रा अग्रणी प्रविधिहरुका साथ ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ । र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पु¥याउने सामाजिक जिम्मेवारीहरु लिएर अगाडि बढी रहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो, जसलाई हामीले हरेक दिन आत्मसाथ गर्छौ ।”

ग्राहकको आवश्यकताअनुसार ओप्पो ए७७ मा ५ हजार एमएएच् ब्याट्री ६.५६ एच्डी प्लस कलर–रिच डिस्प्ले, हाई–ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ आइपीएक्स फोर वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि बच्न सकिन्छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्ट फोन हो ।

footwear zone

क्यामेरा
यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फी क्यामेरा रहेका छन् । भिडियोहरूको लागि यसले पछाडि र अगाडि दुवै क्यामेराबाट १०८० पीमा भिडियोहरू खिच्न सक्छ ।

डिस्प्ले
यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी प्लस आइपी एस प्यानल रहेको छ । स्क्रिनले डीसीआइ–पीथ्री कलर गामटको ९६ प्रतिशत कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भाग अलि ठूलो छ ।

हार्डवेयर क्वालिटी
ओप्पो ए७७ मा मिडिया टेक हेलियो जी ३५४ जीबी र्‍यामर १२८ जिबी ईन्टर्नल स्टोरेजको साथ आएको छ । हेलियो जी ३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई८३२० जिपीयु भएको १२ एनएम चिप सेट हो । साथै, आइपीएक्स फोरद्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्य तवरबाट चलाउँदा स्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ ।

पर्फमेन्स
कलर्स ओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्ट वेयर पक्षलाई ह्यान्डल गर्छ । ओप्पो ए७७ ४जी फोनमा ५ हजार एमएएच् ब्याट्रीसँग आउँछ र युएसबी–सी पोर्टमार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ ।

गोपनीयताको संरक्षणः
फोटो वा भिडियोहरू सार्वजनिक गर्दा तपाईं भौगोलिक जानकारी र अन्य फोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारा मिटरहरू सहित) हटाउन छनौट गर्न सकिन्छ । गोपनीयता ड्यास बोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थान जानकारीसहित तपाईको व्यक्तिगत डेटामा कुन–कुन एपहरु प्रयोग गरेको छ भनेर पनि हेर्न सकिन्छ ।

कलर रिच र आई–कम्फर्ट डिस्प्ले
६.५६ ईन्च डिस्प्लेले ९६ यू एनटीएससी कलर गामुट (100Ü DCI–P3) लाई कभर गर्दछ । यो फोनमा भएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।

ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ ओप्पोकोे मूल्य दायराभित्रको एक मात्र फोन हो, जसमा डुअल स्टेरियो स्पिकरहरू छन् । जुन सामान्यतया फ्ल्यागशिप मोडलहरूमा मात्र रहन्छ । सुपर भोल्युम मोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्ले ब्याकःDirac 3.0 ले अझ यसको आवाजलाई थप शुद्व बनाउँछ ।

बजारमाउपलब्धता
ओप्पो ए७७ ४ जिबी र्‍याम प्लस १२८ जिबी रोमसँगै आएको छ । यसले १ टीबीसम्मको एसडी कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास-लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोन रेटेल च्यानलमा मूल्य रु २५९९९. मा खरिदका लागि उपलब्ध छ ।

You might also like

Comments are closed.