पोखरा । प्रभु बैंक लि.र पोखराको एक मात्र केवलकार अन्नपूर्ण केवलकार प्रा.लि. बीच छुट सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा प्रभु बैंकका गण्डकी प्रदेश इन्चार्ज राजु राना र अन्नपूर्ण केवलकारका प्रमुख कार्यकारी अधिकृत दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।
पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार निर्माण गरिएको हो ।





Comments are closed.