घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा लगातार बढिरहेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ ।सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेको हो ।

तोलामा ४ सय रुपैयाँले घटेसँगै आज छापावाल सुन तोलाको ९५ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँ कायम भई कारोबार भएको महासंघले जानकारी दिएको छ ।आइतबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.