सामाजिक उत्तरदायित्व बहनमा अग्रणी बन्दै हिमालय एअरलाइन्स

काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो व्यवसायसँगसँगै सामाजिक उत्तरदायित्व बहनलाई पनि प्राथमिकतामा राखेको छ । एअरआइन्सले सेवा प्रदान शुरु गरेको ७ वर्षे अवधिमा सामाजिक उत्तरदायित्व बहनका क्षेत्रमा विविध कार्य गरेको छ ।

त्यस्तै कोरोना महामारीको समयमा एअरलायन्सले सामाजिक क्षेत्रमा गरेको योगदान स्मरणीय छ । सरकारको कोषमा सहयोगदेखि कोभिड खोप आयात गर्न निःशुल्क चार्टर कार्गो फ्लाइट गरेको थियो । एअरलाइन्सले सामाजिक कार्यमा गरेको कामहरु बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

एयरलाइन्सले नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्य गरेको हिमालय एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले जानकारी दिइन् ।

footwear zone

‘सरकारसँग सहकार्य गर्दै संकटको घडीमा भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेका थियौं,’ उनले भनिन् । हिमालय एअरलाइन्स्ले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत गैर–सरकारी संस्था ‘प्रयास नेपाल’लाई पनि साथ दिँदै आएको छ । बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिकरूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

सन् २०२०-२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै, एअरलाइन्स्ले पत्रकार सम्मेलनमार्फत महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन जारी गरेको हो । उक्त अवसरमा ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्स्का मैन्टीनेन्स एण्ड इन्जिनेरिङ विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठको उपस्थिति थियो ।

‘विगतका केही वर्षहरूमा हिमालयले बिस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको छ । आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्‍याउने खालका कार्यहरू पनि जारी राखेको छ ।

हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो, जसले हिमालय एअरलाइन्स्को दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण दिन्छ,’ दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्‍यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ । समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तररुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध छौं ।’

नेपाल–चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्स्को स्थापना सन् २०१४ मा भएको हो । हिमालय एअरलाइन्स् जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (TADIC) र नेपालको काठमाडौँस्थित यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त सहकार्यमा सञ्चालित छ ।

आफ्नो स्थापनाको सात वर्षकै छोटो अवधिमा हिमालय एअरलाइन्स्ले आफ्नो जहाजको संख्यामा ४ वटा विमानहरू, १८० इकोनोमी सीटसहितका तीन ३२०-२१४ एअरबसहरु र १४४ इकोनोमी सीटसहितको एउटा एअरबस ३१९–११५, सञ्चालनमा ल्याएको छ । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरू युएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशलगायतका देशहरुमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीनबाट र चीनसम्म सञ्चालन गरिरहेको छ ।

व्यावसायिक सञ्चालनको पहिलो वर्षमा, हिमालयले साउथ एशियन ट्राभल अवार्ड्स (SATA) २०१७ मा ‘दक्षिण एशियामा अग्रणी नव अन्तर्राष्ट्रिय एअरलाइन्स्’को रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्‍यो । सन् २०२० को अगस्तमा हिमालय एअरलाइन्स् ले गुणस्तरीय व्यवस्थापन प्रणाली (QMS) को लागि नेपालमैं पहिलो पटक आइ. एस. ओ. ९००१ः २०१५ प्रमाणीकरण प्राप्त गर्यो । यस प्रमाणीकरणले आफ्नो व्यवस्थापनको हरेक क्षेत्रमा उच्चतम सम्भावित मापदण्डहरू प्रदान गर्ने एअरलाइन्स् को दृष्टिकोणअनुरूप जहाज मर्मत–सम्भार र इन्जिनियरिङ सेवाहरू उपलब्ध गराउने हिमालय एअरलाइन्स् को योग्यता पुष्टि गरेको छ।

सन् २०२१ को डिसेम्बरमा हिमालय एअरलाइन्स् सफलतापूर्वक अर्को आइ. एस. ओ. ९००१–२०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो वायुसेवा बन्यो । आइ. एस. ओ. ९००१–२०१५ को मापदण्डअनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरेवापत एअरलाइन्स् ले प्रमाणपत्र प्राप्त गरेको हो। हिमालयलाई ‘उड्डयन सम्बन्धित प्रशिक्षण सेवाहरूसहित हवाई यात्रुहरू र मालवाहक परिवहनहरूका’ लागि आइ. एस. ओ. प्रमाणपत्र दिइएको हो। यस उपलब्धिले उच्च कार्यसम्पादन अभ्यासहरूप्रति कर्मचारीहरुको समर्पण र गुणस्तरप्रति एअरलाइन्स्को निरन्तर प्रतिबद्धत्ताको पुष्टि हुने दली बताउँछिन् ।

 

हिमालय एअरलाइन्सले सन् २०२१ बाट पहिलेको भन्दा सुरक्षित उडान सुनिश्चित गर्न आफ्ना सबै जहाजहरुमा जीवन बचाउने यन्त्र – स्वचालित बाह्य डिफिब्रिलेटर (AEDs) जडान गर्‍यो । यससँगै हिमालय एअरलाइन्स् उक्त यन्त्र जडान गर्ने पहिलो र एक मात्र नेपाली एअरलाइन्स् बनेको छ । सुरक्षा, समयमै कार्यसम्पादन (OTP) र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित हिमालय एअरलाइन्स्ले आफूलाई भरपर्दो एअरलाइन्स्को रूपमा स्थापित गरेको छ र दक्षिण एशियामा अग्रणी एअरलाइन्स्को रूपमा उभिने उत्कट अभिलाषा राखेको छ ।

You might also like

Comments are closed.