रातो नम्बर प्लेटका सवारीले यात्रु ओसार्नु गैरकानुनी : वर्गीय संयोजक तिवारी

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सीतर्फका वर्गीय संयोजक प्रकाशमणि तिवारीले रातो नम्बर प्लेटका कार तथा मोटरसाइकलहरुले भाडामा यात्रु ओसार्ने काम गरेको बताउँदै त्यसको विरोध गरेका छन् ।

रातो प्लेटका सवारी साधनहरुले भाडामा यात्रु ओसार्ने काम गैरकानुनी कार्य भएको बताउँदै संयोजक तिवारीले उक्त कार्यलाई राज्यबाट नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

तिवारीले आर्थिक आवाजसँग कुरा गर्दै यस्तो समस्या देशभर रहेको बताउँदै त्यसलाई नियन्त्रणमा लिनुपर्ने धारणा राखे । ‘रातो नम्बर प्लेटका गाडीबाट यात्रु ओसार्ने काम पूर्ण गैरकानुनी हो,’ उनले भने, ‘यो कामलाई राज्य निकायबाट तत्काल नियन्त्रण गरिनु पर्छ ।’

footwear zone

रातो प्लेटका सवारी साधनले यात्रु ओसार्ने काम गरे कालो तथा हरियो नम्बर प्लेटका सवारी साधनको काम के हो ? उनले प्रश्न गरेका छन् । उद्देश्य भन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुने तिवारीको भनाइ छ ।

विभिन्न एपको बाहनामा रातो नम्बर प्लेटका सवारीले यात्रु ओसार्ने काम गर्नु गैरकानुनी रहेको तिवारीको भनाइ छ । यही अवस्था रहेमा द्वन्द्वको अवस्था आउनसक्ने बताउँदै उनले यात्रु बाक्ने रातो नम्बर प्लेटका सवारी धनीलाई राज्यले तत्काल कारबाही गरी कानुनी राज्यको प्रत्याभूति दिनुपर्ने बताए ।

You might also like

Comments are closed.