प्रभु बैंक र एनआरएनएबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच सम्झौता भएको छ । दुईबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता भएको हो।

‘मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’ भन्ने मूल नाराका साथ प्रभु बैंक र एनआरएनएले आफ्ना सदस्यसहित सबै गैरआवासीय नेपालीहरूले विदेशका जुनसुकै देशहरूबाट विदेशी मुद्रामा बचत तथा मुद्धति खाता खोल्न सक्ने व्यवस्था गरेका छन्।

यो सम्झौतासँगै विदेशमा रहेका नेपालीहरुलाई बचत तथा मुद्धति खाता खोल्न सहज हुने अपेक्षा गरिएको छ ।

footwear zone

 

 

You might also like

Comments are closed.