गण्डकी बहुप्राविधिक शिक्षालयले पायो थप चार विषयमा अध्यापन गर्ने अनुमति

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालयले थप विभिन्न चार विषयमा अध्यापन गर्ने अनुमति पाएको छ । पोखरा महानगरपालिकाद्वारा दुई वर्ष अघि संचालनमा आएको शिक्षालयले वन विज्ञान (फरेष्ट्री), बायोमेट्रिक ईञ्जिनिरिङ, डिप्लोमा ईन फार्मेसी र हेल्थ असिस्टेन्ट (एच.ए) अध्यापन गर्ने अनुमति पाएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) को साउन १५ गते बसेको बैठकले गण्डकी बहुप्राविधिक शिक्षालयलाई यी चार विषयमा अध्यापनको अनुमति दिने निर्णय गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष पहलमा अध्यापन अनुमति प्राप्त भएको हो । सरकारी शिक्षालयले अध्यापन अनुमति पाएसँगै विद्यार्थीले सर्वसुलभ मूल्यमा फार्मेसी र एच.ए. अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ ।

footwear zone

 

You might also like

Comments are closed.