मनाल्सु वर्ल्ड कलेजले गर्‍यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

काठमाडौं। चाबहिल चुच्चेपाटीमा अवस्थित मनाल्सु वर्ल्ड कलेजको एसईई सम्मान कार्यक्रम २०७९ सम्पन्न भएको छ।

स्थापनाकालदेखि नै आयोजना गर्दै आएको सम्मान कार्यक्रममा यस वर्ष २०७८ सालमा सम्पन्न एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका विद्यार्थी तथा प्रिन्सिपलहरूलाई सम्मान गरिएको हो ।

footwear zone

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १ सयभन्दा बढी विद्यालयका ३ सय विद्यार्थी र १ सय भन्दा बढी शिक्षक शिक्षिकाहरू सम्मानित भएका छन् । एसईईमा ४ जिपिए ल्याएर सम्मानित भएका विद्यार्थीले मनास्लु जस्तो प्रतिष्ठित कलेजले सम्मान गरेकोमा गौरव महसुस भएको भन्दै कलेजलाई धन्यवाद समेत दिएका छन्।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले उत्कृष्ट अंक प्राप्त गरेका र विशेष प्रतिभा भएका विद्यार्थीहरूले कलेजमा भर्ना हुन चाहे ७५ प्रतिशत देखि शतप्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेका छन् ।

उत्कृष्ट प्लस टु छनोटका लागि केही टिप्स दिँदै अध्यक्ष लामाले प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गरे ।

You might also like

Comments are closed.