साताको सेयर : नेप्से २११३.५५ अंकमा सिमित, कूल २३ अर्बको कारोबार

काठमाठौं । यो साताको सेयर बजार परिसूचक (नेप्से) २१ सय १३ दशमलव ५५ अंकमा सिमित भएको छ । साताभर दुई सय २० वटा कम्पनीका तीन लाख ३९ हजार नौ सय ७६ पटकको कारोबारमा पाँच करोड ४१ लाख ९९ हजार पाँच सय ३१ कित्ता सेयर किनबेच हुँदा कुल २३ अर्ब ४२ लाख कारोबार भएको छ ।

यो साता कारोबार रकम भने गत साताको भन्दा बढेको छ । गत साता नेप्सेमा दुई सय २७ वटा कम्पनीका तीन लाख २५ हजार तीन सय ८५ पटकको कारोबारमा चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८७ करोड २२ लाख पुगेको थियो ।

यो साता नेप्से पहिलो र दोस्रो दिन बढेपनि तेस्रो, चौंथो, पाँचौं र छैठौ दिन भने नेप्से घटेको थियो । पहिलो दिन ५४ दशमलव ५८ अंकले बढेर २१ सय ९५ दशमलव १० अंकमा चढेको नेप्से अन्तिम कारोबार दिन ३४ दशमलव ६१ अंकले घटेर २१ सय १३ दशमलव ५५ अंकमा सिमित भएको थियो ।

footwear zone

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी कारोबार गरेका छन् ।

You might also like

Comments are closed.