साताको पहिलो दिन १०.२७ अंकले बढ्यो नेप्से, कुल २ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार परिसूचक (नेप्से) बढेको छ । दिनभरजसो घटबढ भइरहेको नेप्से बन्द हुने बेलामा भने १० दशमलव २७ अंकले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ ।

आज नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ। आज दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज बैंकिङ ० दशमलव २, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ० दशमलव ७५ र व्यापार उपसमूह ३८ अंकले बढेका छन् ।

footwear zone

नेप्सेमा आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ९० रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले घटेर प्रतिकित्ता नौ सय १५ रुपैयाँमा सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ८५ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ८९ लाख ८२ हजार एक सय ६३ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ ।

You might also like

Comments are closed.