काठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले श्रावण २५ गते नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको हो ।
फाइनान्सले नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत बिद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रम अन्तर्गत २ सय जना विद्यार्थीलाई ९ सय थान कापी र २ सय थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।




Comments are closed.