बैंक अफ काठमाण्डू र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लि.र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि.बाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको हो । यससम्झौता पश्चात् बैंकका कार्डबाहक ग्राहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् ।

बैंकका कार्डबाहक ग्राहकहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न सक्नेछन् । भुक्तानी सेवाहरुमा मोबाइल टपअप, इन्टरनेट, विद्यत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानीलगायतका सेवाहरुको उपभोग गर्न मिल्नेछ ।

footwear zone

साथै, बैंकका कार्डबाहक ग्राहकहरुले मोकोमार्फत स्क्यान गरी १ हजार ५ सयभन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न पाउने छन् । यससंगै बैंकका कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् ।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लि.ले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.