रेवानको आयोजनमा आधारभूत बेकरी तालिम

पोखरा । रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराको आयोजनामा पोखरामा आधारभूत बेकरी तालिम सम्पन्न भएको छ । तालिम ४ दिनसम्म चलेको थियो ।

पोखराका विभिन्न होटल तथा रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई बेकरी तालिम प्रदान गरिएको हो । तालिमको समापन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले तालिमले गुणस्तरी बेकरी उत्पादनका लागि सहयोगी बन्ने बताए । गुणस्तरी सामानको बजारीकरणका खाँचो नरहेको उनको भनाई छ । पछिल्लो समय नेपालमा गुणस्तरीय कच्चा प्रदार्थ नहाउदा उत्पादीत सामग्रीहरु पनि गुस्तरीय हुन नसकेको बताए । उनले नेपालमा नै जनशक्तिको अभाव रहेका भन्दै तालिम पछि विदेश भन्दा नेपालमा नै केहि गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजका अध्यक्ष अशोक पालिखेले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई गुणस्तरीय खानेकुरा पस्कन तालिम फलदायी हुने बताए ।

कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, पम्प इन्टिरनेश्नलका प्रशिक्षक हेन्डि, प्रशिक्षार्थी ताराप्रसाद श्रेष्ठ लगाएतले तालिम फलदायी भएको भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरा दिनु पर्ने बताए ।

footwear zone

तालिममा पोखरा विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत २५ जनाको सहभागीता रहेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले आवश्यकता हेरेर विभिन्न तालिम संचालन गर्दै आएको भन्दै आगामि दिनमा पनि आवश्यकतालाई मध्यनजर गरेर सञ्चालन गर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, कलेजका अध्यक्ष अशोक पालिखे, नाट्टा पोखराका अध्यक्ष हरीराम अधिकारी लगायतले तालिम फलदायी हुने विश्वास व्यक्त गरे । सहचागीलाई प्रशिक्षक हेन्डिले तालिम प्रदान गरेका थिए ।

You might also like

Comments are closed.