काठमाडौं । एभरेष्ट बैंकले साउन १८ गतेबाट खुला गरेको ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ ।
भदौ १ गते आज अन्तिम दिन कार्यालय समयसम्म मात्र ऋणपत्रमा आवेदन दिन सकिनेछ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको थियो ।
यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि ऋणपत्र खुला गरिएको थियो ।जसमध्येबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ भने सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् ।

सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशच ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ६ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो ।
यसमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । ऋणपत्र बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गरिरहेको छ ।




Comments are closed.