आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला पूर्णरुपमा प्रतिबन्ध

काठमाडौं । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरणका लागि नेपाल सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

वातावरणीय संरक्षणका लागि सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको हो ।

४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ

footwear zone

वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागुगर्ने तयारी रहेकोले सबैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन वातावरण विभागले आग्रह समेत गरेको छ ।

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी यो नियम बनाएको थियो । तर, त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन । गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश समेत दिएको थियो ।

You might also like

Comments are closed.