भक्तपुर । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको १११ औँ आउटलेट भक्तपुरको कमलबिनायकमा सुरु हने भएको छ ।
उक्त आउटलेट भाद्र ४ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ । भक्तपुरमा रहेको एक दालमोट फ्याक्ट्रिका सञ्चालक अशोक किलम्बु र १२ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध शिव सुन्दर कासिछ्वाले उक्त आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् ।
‘पारिवारिक दालमोट उत्पादनको व्यवसाय भएकाले सानैदेखि रिटेल सेक्टरमा इच्छुक थिएँ । अब अर्को नयाँ व्यवसाय सुरु गर्दै गर्दा रिटेल सेक्टरमा नै अगाडी बढेको हुँ,’ सञ्चालक अशोकले भने ।

यस्तै अर्का सञ्चालक शिव भन्छन् ‘धेरै लामो समयदेखि सहकारी क्षेत्रमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निर्णय गरेको हुँ, ।’
समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने विश्वास उनिहरूको छ । साथै लोकल लेभलमा पनि हरेक ग्रोसरी शापीङदेखि सम्पूर्ण घरयासी सामानहरु एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने भएकै कारण साथीमार्टसँग जोडिएको उनीहरू बताउँछन् ।
१ हजार वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर लगायतका सामान उपलब्ध हुनेछन् ।
साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।
एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।




Comments are closed.