काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा कारागार कार्यालय बिराटनगर मोरङ्गमा शुद्ध खानेपानी जडान गरिएको छ ।
कारागार कार्यालय मोरङ्ग, बिराटनगरमा लगभग ११०० कैदी रहेका छन यस खानेपानी जडानले त्यहा रहेका ११०० कैदी लाभान्वीत हुने छन । उक्त कारागारमा पानीमा CONDUCTIVITY, IRON (EF) ,MANGANESE (MN) र ARSENIC (AS) को मात्रा बढी भई छाला सम्वन्धि एलर्जी, लुतो र पेटको रोगहरुको समस्या देखा परेको थियो ।
यस प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाले विश्वास लिएको छ । यस जडित प्लान्टको नाम (Water Treatment Plant 1000 LPH) UV Plant) रहेको छ ।
उक्त प्लान्टको संख्या ३ वटा रहेका छन । उक्त प्लान्ट जडान गर्न सहयोगी संस्थाहरु जीवन विकास लघुवित्त ,फरर्वाड लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, र सपोर्ट लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । यस प्लान्ट निर्माणका लागि ४ लाख लागत लागेको संस्थाले जनाएको छ ।




Comments are closed.