कामना सेवा विकास बैंकले ल्यायो मर्चेण्ट बोनस योजना

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोन पे क्युआर मर्चेण्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेण्ट बोनस योजना ल्याएको छ ।

यो योजना बैंकले आफ्नो फोन पे क्युआर मर्चेण्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नका लागि बुधबारदेखि सुरु गरेको हो ।

‘क्युआर कारोबारमा बोनसको बहार, मर्चेण्टहरुलाई कामना सेवाको उपहार’ योजनाअन्तर्गत क्युआर मर्चेण्टहरुले क्युआर प्रयोग गरी पहिला भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रूपैयाँसम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको खातामार्फत प्राप्त गर्न सक्नेछन् ।

footwear zone

बैंकले डिजिटल कारोबार लाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको ‘Digital Payment Year’ लाई टेवा पुर्‍याउने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.